सिन्धुपाल्चोक,९ बाह्रबिसे नगरपालिका वडा नम्बर -८ मानेश्वारामा सात बर्षीय बालिका बलात्कारको शिकार भएकी छिन् ।
गत जेठ १५ गते सात बर्षीय बालिकालाई अाफ्नै फुपाजुले बलात्कार गरेकाे घटना सार्वजनिक भएको हाे । बाह्रबिसे नगरपालिका वडा नम्बर - ८ का अन्दाजी ४२ वर्षका कमल तिमल्सिनाले दिउँसो घरमा काेही नभएको माैका पारी बालिकालाई बलात्कार गरेका हुन् ।
बालिकालाई चक्लेट दिदै ठुलो अावाजमा क्यासेट बजाएर बालिकाकाे मुख थुनेर बलात्कार गरेकाे स्थानीयले बताएका छन् । घरमा बलात्कार गर्दा बालिकाकाे रगत बगेपछि रगत पुछ्दै निजले बालिकालाई बारीमा लगेर पुन बलात्कार गरेका थिए ।
बारीमा बालिका राेएपछि रगतले लत्पतिएकाे अवस्थामा बालिकाको उद्दार गरिएको स्थानीयले बताए ।
हाल बालिकाको उपचार भईरहेकाे छ भने निज कमल फरार रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ