न्युयोर्क, ३० फागुन।उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् ।
‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने ।‘अहिले यी झुटदाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकी रूस आफैंले यो बनाबटी झूटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ ।’ उनले भने ।
युक्रेनी जनताले साहसका साथ रुसी हमलाको प्रतिरोध गरे पनि आगामी दिनले अझ ठूलो कठिनाइ ल्याउन सक्ने उनले बताए ।‘यस द्वन्द्वलाई युक्रेनको सिमानाबाहिर रुस र नेटोबीच पूर्णयुद्धमा परिणत हुनबाट रोक्न हाम्रो दायित्व छ,’ नेटो प्रमुखले भने ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ