सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

समाजिक संजाल नियमन हुँदै, अव सबै गाउँपालिकामा इन्टरनेट पुग्ने

प्रकाशित समय: शनिवार, ०४ : ०७ बजे असार ९ गते



 समाजिक संजाल नियमन हुँदै, अव सबै गाउँपालिकामा इन्टरनेट पुग्ने

काभ्रे(पनौती) सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सामाजिक संजाललाई नियमन गर्न लागेको संकेत गरेका छन् ।

 

केही दिन अघि संचारमन्त्रीको नेपाल टेलिभिजनमा दिएको अन्र्तवार्ता तथा टेलिभिजनमा संचालित एक कार्यक्रम बन्द भएको विषय सामाजिक संजालहरुमा भाइरल नै भएको थियो ।

 

समाजिक संजालहरुमा जवाफदेहिताको अभाव देखिएको मनलाग्दी लेख्ने र प्रेस स्वतन्त्रता भनिएको भन्दै उनले प्रश्न गरे, प्रमाण विना जे मनलाग्छ त्यहि लेख्नु नै प्रेस स्वतन्त्रता हो ? स्वतन्त्रताको नाममा अरुका अधिकारलाई पनि सुरक्षित राख्नु र अर्काको मर्यादा पनि ख्याल गर्नु पर्ने बताउँदै यसका लागि प्रकृया पुर्याएर कानुन निर्माण गर्न लागेको संकेत गरे ।

 

इन्टरनेटको पहुँचबाट बाहिर रहेका १ सय ५० गाउँपालिकाहरुमा इन्टरनेटको सुविधा पुर्याएर सबै गाउँपालिकामा बैङ्किङ कार्यालय स्थापना गर्न लागिएको उनले बताएका छन् । राज्यको अवको नीति भनेको डिजिटल साक्षरता बढाउनु रहेको बताउँदै ९१ लाख जनसंख्या इन्टरनेटको पहुँचमा छन् भनिए पनि त्यो सबै परिवारका सदस्यहरुको गणनाले बढि देखिएको हो क्षेत्रगत आधारमा यसको पहुँच अझ धेरै विस्तार गर्नु आवश्यक छ, उनको भनाई थियो ।

 

पनौती नगरपालिका वडा नं ८ स्थित लज्जावती शहिद पार्कमा शहिदहरुको सालिकको अनावरण गर्दै उहाँले राजनितिक परिर्वतका लागि धेरै ओटा अन्दोलन भए पनि पछिल्लो आन्दोलनले गुणस्तरीय परिवर्तन गर्न सफल भएको बताए ।

 

‘राजनीतिक क्रान्ति पुरा भएको छ राष्ट्र सवृद्धिको बाटोमा अघिबढेकोले त्यसको पहिलो आवश्यकता सुशासन भएकोले त्यसलाई संस्थागत गर्न सरकार लागेको छ ’ उनको भनाई थियो ।

 

प्रतिपक्षीलाई लक्षीत गर्दै उनले भने, ‘एउटा वर्ग विस्तापन भएर अर्को वर्गको उदय भएको छ । त्यसका बाछिटा अन्त्य नभएको बताउँदै लोकतन्त्रमा निर्वाचित सत्ता द्धारा शासन प्रशासन चलाउने व्यवस्था मााथि कहिँ कतैबाट कहिल्यै पनि खतारा हुँदैन ।’ वनको वाघले खाओस नखाओस मनको बाघले दुन्दुभी बजाएर कर्नाल फुकेर नहिँडन उनले चेतावनी दिए ।

 

बेकारमा समयको दुरुपयोग नगर्न र आफ्नै कमजोरी सुर्धान लाग्न सुझाव समेत थियो । शहिदहरुको स्वाभिमान र नागरिकको स्वतन्त्रताका लागि कसैले औंला ठड्याउन नसक्ने बताउँदै स्वतन्त्रता र स्वच्छन्दतामा फरक रहेको बताए । प्रधानमन्त्रीको विदेश भ्रमण तर्फ लक्षित गर्दै उनले छिमेकीको समृद्धिबाट नेपालले लाभ उठाउने उल्लेख गर्दै सरकार एउटा पनि गल्ती नगरी विस्तारै काम गर्ने तर सफल हुने बताए ।

 

२ हप्ता अघि बेथानचोकमा भएको एक कार्यक्रममा पुग्दा अवको विकास कार्य ग्रामीण क्षेत्रबाट हुने र पहिलो प्राथमिकता डाँडापारी, कोशीपारी भएको र आफ्नो नगरमा अन्त्यमा हुने बताएका उनले उदघोष गरेकै हप्तादिन पछि मण्डन देउपुरमा नेपालकै पहिलो सूचना प्रविधि केन्द्रको उद्घाटन गरेका थिए ।

 

शहिद पार्क उद्घाटन गर्न पुगेका उनले पुन त्यही कुरा दोहोर्याए ।अवको विकास विकट क्षेत्रमा पहिले हुन्छ अन्त्यमा मात्रै काभ्रे ।

 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद गंगा बहादुर दोङले श्रमजिवीहरुको आन्दोलनले मात्र राजनीतिक परिर्वतन सम्भव रहेको बताउँदै ५ वर्ष भित्र लोककल्याणकारी राज्य स्थापना हुने बताए । प्रदेश सभासद चन्द्र लामाले शहिदको त्यागले मात्र परिर्वतन सम्भव भएको बताउँदै संघियता कार्यान्वयन पछि तिन तहका राज्य विचको काम र अधिकारको अन्योलता अझै समाप्त नभएको बताए ।

 

पनौती नगर प्रमुख भीम न्यौपानेले शहिद पार्क क्षेत्रलाई विकसित पिकनिक स्पोर्टको रुपमा विकास गर्दै नगरका १२ ओटै वडामा शहिद पार्क बालउद्यान बनाउन लागिएको जानकारीदिए ।

 

पनौती वडा नं ८ का वडा अध्यक्ष केशव बञ्जाराले पार्कले वडाको सुन्दरता थपेको बताउँदै यसको विकासमा वडा निरन्तर लाग्ने बताए । कार्यक्रमा उपस्थितलाई वडा नं ८ का वडा सचिव भगवान बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 

पनौती ८ मा निर्माण भएको उक्त शहिद पार्कका प्रजातन्त्र स्थापनका लागि बलिदन गर्ने ४ शहिद दशरथ, गंगालाल, र्धमभक्त शुक्रराज तथा जनाआन्दोलन ०६२/६३ का शहिद सगुन तम्राकारको अर्धकादका शालिक निर्माण गरिएका छन् ।

 

कार्यक्रममा पार्क निर्माण समिति, शहिद सगुन ताम्राकारका परिवार, शालिक निर्माण गर्ने कालिगढ तथा पार्क निर्माणमा सहयोग पुर्याउने युएस बङ्गाला विमान दुर्घटनाका मृतकका परिवारलाई सम्मान गरिएको थियो ।