सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

व्याट्री र डिजेल चोर्नेलाई प्रहरीले पक्राउ गर्यो

प्रकाशित समय: बिहिवार, ०५ : ०९ बजे असार २१ गते



व्याट्री र डिजेल चोर्नेलाई प्रहरीले पक्राउ गर्यो

ललितपुर, शहरका विभिन्न स्थानमा पार्किङ गरी राखेका सवारी साधनहरुबाट डिजेल,ब्याट्री लगायतका धनमाल हरु चोरी गर्ने कार्यमा संलग्न विनोदकुमार थिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।

 

मकवानपुर इपा पञ्चकन्या घर भई काठमाडौ किर्तिपुर बस्ने वर्ष २६ को थिङलाई ललितपुर प्रहरीले पट्टिपा चोकमा सजन पौडेलले पार्किङ गरिराखेको महिन्द्रा निशान ट्रकबाट चोरी गरेको ब्याट्रीसहित पक्राउ गरेको हो।

 

प्रहरीले निजलाई पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान गरिरहेको बताएको छ।