एजेन्सी/ किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता बिफल भएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका छन् । युद्ध अन्त्यको एक मात्र माध्यम वार्ताहरु भएको उनले बताए ।
‘मलाई लाग्छ हामीले कुनै फरम्याट प्रयोग गर्नुपर्छ । मलाई लाग्छ कि हामीले कुनै पनि ढाँचा प्रयोग गर्नुपर्दछ । ’ यद्यपि, जेलेन्स्कीले युक्रेनले रुसले समर्थन जनाएको पृथकतावादी क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिनु पर्ने कुनै पनि सम्झौता अस्वीकार गरेको बताए । आफ्नो देश नेटोको सदस्य नभएको भए रुसले युक्रेनमाथि हमला गर्न नसक्ने दाबी गरे ।
‘यदि नेटो सदस्यहरू हामीलाई गठबन्धनमा हेर्न तयार छन् भने, तुरुन्तै गर्नुहोस्,’ उनले भने, ‘किनभने मानिसहरू दैनिक जसो मरिरहेका छन् ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ