भैरहवा, १९ चैत।रुपन्देहीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन् । आगामी ३० वै वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आवद्ध पाँच दलले चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको हो ।
रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको भन्दै नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बैठक बसेको हो ।कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको छ ।
उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थिति बुझी केन्द्रलाई सुुझाव पठाउने र जिल्लामा आवश्यक रणनीति तय हुनेछ । संयन्त्रले आ– आफ्नो पार्टीको स्थानीय तहमा वस्तुस्थिति बुुझी २२ चैतमा थप छलफल गर्नेछ । रुपन्देहीमा १६ वटा स्थानीय तह छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ