पोखरा, २१ चैत।आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तालमेल कास्कीमा पनि रहने भएको छ । केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच संयुक्त बैठक बसेर सबै पालिकामा मिलेर चुनाव लड्ने निर्णय गरेका हुन् ।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ५ वटै पालिका र ७२ वटै वडासम्म तालमेल गर्ने निर्णय गरेको हो ।वडा तहसम्मै गठबन्धनका दलहरूको संयुक्त बैठक बस्ने र एउटै संयन्त्रबाट गृहकार्य गर्ने निर्णय भएको कांग्रेस कास्कीका सभापति बरालले बताए । यसै गरी गठबन्धनमा रहेका दलहरूबीच एकता, सम्मान र हार्दिकताको भावना वृद्धि गर्ने निर्णय पनि भएको छ ।
निर्वाचनमा जिल्ला, पालिका र वडा स्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरी १० सदस्यीय कार्यदल गठन गरिएको छ ।बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष बखानसिंह तमु, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रवीमोहन ढकाल, जनता समाजवादीका अध्यक्ष गिरीप्रसाद गुरुङ सहभागी थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ