सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

शान्तिपूर्ण प्रदर्शनमा कांग्रेस सभापति मदन अमात्य घाइते

प्रकाशित समय: शनिवार, ०६ : ०६ बजे श्रावण ५ गते



शान्तिपूर्ण प्रदर्शनमा कांग्रेस सभापति मदन अमात्य घाइते

ललितपुर, नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्य घाइते हुनुभएको छ।

 

सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको तरुणदलको र्यालीमा प्रहरीले लाठी चार्ज गर्दा उहाँको शरिर पछाडि पिठ्युँ र दाहिने पाखुरामा गम्भीर चोट लागेको छ।

 

२२ दिनदेखी अनसनरत डा केसीको जीवनरक्षा र मागको सम्बोधन लागि दबाब दिन नेपाल तरुण दलले आज गरेको विशाल प्रदर्शनमा उहाँ घाइते हुनुभएको हो।

 

उहाँसगै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत लगायत तीन दर्जन भन्दा बढी तरुण नेता-कार्यकर्ता घाइते भएका छन्।