सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

बैतडीमा तीन दलको जिल्ला स्तरीय संयन्त्र तयार 

प्रकाशित समय: बिहिवार, ०२ : ४७ बजे चैत्र २४ गते



बैतडीमा तीन दलको जिल्ला स्तरीय संयन्त्र तयार 

बैतडी, २४ चैत।आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न बैतडीमा तीन दलले जिल्ला स्तरीय संयन्त्र गठन गरिएकाे छ ।

 

सत्ता साझेदार दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको आज बसेको संयुक्त बैठकले स्थानीय तहहरूमा चुनावी तालमेल गर्न जिल्ला स्तरीय संयन्त्र गठन गरेका हुन् ।बिहबार बसेको बैठकको निर्णयअनुसार गठबन्धनमा रहेका दलहरूको केन्द्रीय परिपत्र तथा निर्देशनअनुसार जिल्लामा गठबन्धनको प्रभावकारिता एवं छलफलको लागि जिल्ला स्तरीय संयन्त्र गठन गरिएको हो । 

 

उक्त संयन्त्रमा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला सयोजक संकर भण्डारी र नेकपा एसका इन्चार्ज प्रमानन्द भट्ट रहेका छन् । यसैगरी, जिल्लामा रहेका १० ओटै स्थानीय तहमा गठबन्धनको केन्द्रीय सर्कुलरअनुसार निर्णय गर्ने बताइएको छ ।