ललितपुर, गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवारासीमा आज देखि १०८ बृहत श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। बिहान तासिन्चोकबाट सुरु भएको कलश यात्रा गोदावरी कुण्डको पवित्र जल लिएर टौखेल हुँदै पुनः तासिन्चोक अन्त्य भएको थियो।
महायज्ञको उद्घाटन नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरेका थिए।
उद्घाटनपछि बोल्दै मन्त्री पण्डितले नेपालको संविधानमा धर्मनिरपेक्ष राज्य लेखिएको भएपनि हिन्दु धर्ममाथि कसैको हस्तक्षेप नरहने र हुन नदिने बताए। उनले सरकारले कुनै पनि बेला हिन्दूधर्मलाई चेपुवामा पारेर कुनै अन्य धर्मलाई उस्काउने बाटोमा लागेको छैन, लाग्न दिनेछैन भने।
उनले भने - आआफ्नो धर्मको आस्था र विश्वासको एकअर्कामा समुदायको आवश्यकता रहन्छ तर धर्म परिवर्तनको बाटोलाई कानुनी रूपमा पनि रोकेको, व्यापारिक रुपमा पनि कोही कसैलाई लोभ्याएर कुनै प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न खोजे दण्डित गरिनेछ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष भास्कर थापाले गोदावरी नगरपालिकाको यस वडा धार्मिक सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको उल्लेख गर्दै झरुवारासीलाई नगरपालिकाको बजेटले मात्र पर्याप्त नहुने हुँदा प्रदेश र संघीय सरकारले बिशेष ध्यान दिनुपर्ने बताए।
उनले यस वडामा सार्वजनिक यातायात सञ्चालन नहुँदा यहाँका जनताले सास्ती झेल्नुपरेको हुदाँ यसतर्फ ध्यान दिन प्रमुख अतिथि, विशेष अतिथिलाई आग्रह गरे।.jpg)
कार्यक्रमका विषेश अतिथि ३ नम्बर प्रदेशका प्रदेश सांसद चेतनाथ सञ्जेल, लालकुमारी पुनले यस क्षेत्रको विकासमा आफुहरुको सक्दो सहयोग रहने बताए।
जेष्ठ नागरिक दिवा सेवा केन्द्र तथा धर्मशाला निर्माणको पवित्र उद्देश्य राखी सुरु भइरहेको महायज्ञको आयोजना यज्ञ मूल समारोह समिति, तारकेश्वर मन्दिर सुधार समिति, युवा सूचना केन्द्र झरुवाराशीले गरेको हो।
देशव्यापी १०८ श्रीमदभागवत लगाउने संकल्प गरेका हिन्दु धर्मका संरक्षक अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माको ५८औं संकल्पमा आयोजना भएको सप्ताह ज्ञान महायज्ञको कथावाचन कथा व्यास नारी रत्न विदुषी सुश्री अनुराधा शास्त्री एवं उप व्यास आचार्य गोविन्द दाहालले गर्नेछन्। .jpg)
श्री सन्तानेश्वर महादेव मन्दिर नजिकै लगाइएको सप्ताह ज्ञानमहायज्ञमा उपत्यकाका विभिन्न ठाउँबाट भक्तजनहरु उपस्थित भई धार्मिक ज्ञान प्राप्त गर्ने एवं पुण्य प्राप्त गर्ने कुरामा विश्वस्त रहेको युवा सूचना केन्द्र झरुवाराशिका अध्यक्ष सुवास घिमिरेले बताए।.jpg)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ