सिन्धुली, २९ चैत ।सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट युवा नेतृ इन्दिरा कोइरालाले दाबी गरेकी छन् । स्थानीय तहमा राम्रो छवि बनाएकी उनले आसन्न स्थानीय तह निर्वाचनमा दुधौलीको मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।
आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा महिलाले प्रमुखमा दाबी नगरेको भन्दै देशभर चर्चा भइरहेका बेला निरौलाले मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् । गत मंसिरमा पार्टीको सम्पन्न १४औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत रहेकी उनले आफू स्थानीय तहमै रहेर जनताको सेवा गर्ने उद्देश्यले मेयरमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिइन् ।
राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्यको जिम्मेवारी पाएलगत्तै उनी भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरणमा जुटेकी छन् । दुधौली-९ बाट अभियान सुरु गरेर सो क्षेत्रका १०६ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको नेतृ निरौलाले बताइन् । दुधौलीलाई स्मार्टसिटीको रूपमा विकास गर्ने लक्ष्य लिएकाे उनले न्युज कारखानालाई बताइन् ।
सत्तारुढ दलबीच स्थानीय तहकाे निर्वाचनमा तालमेल गरेर जाने सहमति भएकाे छ । तर सबै ठाउँमा हाेइन । सिन्धुली जिल्लामा सत्तारुढ गठबन्धनले अहिलेसम्म के गर्ने भन्ने निर्णय नभएकाले सबै दलले आ-आफ्ना उम्मेदवार उठाउने तयारी गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ