सिन्धुपाल्चोकमा सरकारको कार्यशैली अधिनायकबाद तर्फउन्मुख र जनविरोध रहेको भन्दै नेपाली कांगेस कार्य समिती परिपत्र अनुसार नेपाली कांगेसले आज विरोध प्रर्दशन गरेका छन् ।
चौतारा पुरानो बजार देखि सुरु भएको विरोध ¥याली टुडीखेलमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रम बोल्दै पुर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले देशमा भ्रष्टाचार र मुल्यबृद्धि जस्ता चपेटाको मर्कामा जनता पर्दा पनि ओली सरकारले ध्यान नदिएको बताउनु भयो ।
उँहाले देशमा मेडिकल क्षेत्रमा माफियाहरु हावीहुदै गइरहेको हुदाँ त्यसलाई रोक्न आज देशभर नेपाली कांग्रेसले विरोद्ध प्रदर्शन गरेको जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला सभापति विकास लामाले विरोध प्रर्दशन बामपन्थी सरकारको कार्यप्रति नेपाली जनातामा छाएको निराश हटाउन यो विरोद्ध प्रर्दशनले मदत पुग्ने बताउदै उँहाले सरकारको अदिनायकबादी कार्यप्रति नेपाली काग्रेसले सधै विरोद्ध गर्ने पनि बताउनु भयो ।
विरोध ¥यालीमा जिल्लाका पुर्व सञ्चार मन्त्री मोहन बस्नेत , प्रदेश ख का सांसद निमा लामा ,जिल्ला सभापति विकास लामा, नेपाली कांग्रेश महासमितीका सदस्या,जिल्लाका पदअधिकारीको उपस्थित रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ