बेथानचोक। बेथानचोक गाउँपालिकाका विभिन्न ७ सामुदायिक विद्यालय तथा समुदायहरुलाई लक्षित गरी विभिन्न साना खानेपानी योजना संचालन हुने भएका छन् ।
बेथानचोक अन्तर्गतको ढुर्खक, तथा साविक च्यासिंखर्कका विद्यालय तथा समुदायलाई आधार मानि योजना संचालन हुन लागेका हुन् ।
निर्माणका क्रममा रहेका उक्त आयोजनाका उपभोक्ताहरुलाई लक्षित गरी ३ दिने खानेपानी सुरक्षा योजना तालिम सम्पन्न भएको छ । बेथानचोक गाउँपालिका हलमा संचालन भएको तालिममा प्रत्येक योजनाबाट ५ जनाका दरले ३५ जनाको सहभागिता रहेको थियो ।
आर्सो नेपालको प्राविधिक सहयोग तथा फिनल्याण्ड सरकार तथा युनिसेफको आर्थिक सहयोगमा संचालित तालिमको कार्यक्रम संयोजक खगेन्द्र कुमार साउद,इन्जिनियर हिमाल वली स्वास्थ्य प्रर्बन्धक समृद्धि गुरुङ, प्राविधिक गोकुल कुँवर, सामाजिक परिचालिका सुस्मिता बुढाथोकी, प्राविधिक पुष्पाञ्जली लामिछाने लगायतले सहजीकरण गरेका थिए ।
तालिम कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्यको अतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व रेव प्रसाद वास्तोलाले गरेको थिए ।
तालिमको पहिलो दिन खानेपानी सुरक्षा योजना विषयमा भएको प्रशिक्षण पछि खानेपानी सुरक्षाका विषयमा प्रयोगात्मक कार्य संचालन भएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ