सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

अक्षरमार्गको स्रष्टालाई सम्मान

प्रकाशित समय: शनिवार, ०८ : १८ बजे श्रावण २६ गते



अक्षरमार्गको स्रष्टालाई सम्मान

काभ्रे । अक्षरमार्ग त्रैमासिकले चार जना विशिष्ट स्रष्टाहरुलाई सम्मान गरेको छ । काभ्रे पनौतीबाट प्रकाशित हुने त्रैमासिकले आफ्नो छैठौं बार्षिक उत्सवको अवसरमा साहित्यकार, गायक, चलचित्रकर्मी, साहित्यकारलाई सम्मान गरेको हो ।

 

सम्मानित हुनेहरुमा बरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादब खरेल, बरिष्ठ गायक तथा संगितकार प्रेमध्वज प्रधान, साहित्यकार तथा समालोचक प्रा.डा. ज्ञानू पाण्डे र साहित्यकार भिमप्रसाद काफ्ले रहेका छन् । उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान गरेका थिए । कार्यक्रममा अक्षरमार्ग यादव खरेल विशेष अंकको पनि सार्वजनिक गरिएको थियो ।

 

उक्त अंकमा यादव खरेलको ब्यक्तित्व र कृतित्वका बारेमा विभिन्न साहित्यकारहरुले शब्दचित्रमा चित्रण गरेका छन् । नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा समर्पित अक्षरमार्ग साहित्यिक त्रैमासिकद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिदै कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्यिक पत्रकारिताको ईतिहासमा अक्षरमार्गले खेलेको भूमिकाको चर्चा गरेका थिए । साहित्यिक पत्रिका प्रकाशित गर्नु राष्ट्र«का स्रष्टाहरुलाई सम्मान गर्नु र समाजमा सचेतना पैmलाउने कार्य आपैmमा महान कर्म हो, यो कुनै उद्योग वा व्यापार नभई राष्ट्र सेवा हो उनको भनाई थियो ।

 

त्यस्तै कार्यक्रमका विशेष अतिथि प्रा.डा. तुलसी भट्टराईले साहित्य कर्मबाट समाज उज्यालो हुने कुरा बताए । अर्का विशेष अतिथि श्रीओम श्रेष्ठ रोदनको साहित्य पैसा भन्दा माथिको कुरा हो । साहित्यमा त्याग, तपस्या, बलिदानको ठूलो महत्व छ । बिना साधनाको साहित्य पानीको फोका जस्तै हुने तर्क थियो ।

 

सम्मानित स्रष्टाहरुको तर्पmबाट बोल्दै बरिष्ठ साहित्यकार तथा चलचित्र कर्मी यादव खरेलले स्रष्टाको सिर्जना समाजका लागि हुनुपर्ने र त्यस्ता सिर्जना युगौसम्म अमर रहने बिचार व्यक्त गरे । कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवाल, संस्कृतिबिद ज्ञानकाजी मानान्धर, बियोगि बुढाथोकी, ज्ञानू पाण्डे, बलराम अधिकारी लगायतले आ–आफ्ना मन्तब्य ब्यक्त गरेका थिए ।

 

सोही कार्यक्रममा बरिष्ठ साहित्यकार यादव खरेलद्धारा रचित –“अनि एउटा लहर बिउँझन्छ” नामक कविता संग्रहको दोस्रो संस्करण दुई वटा गीति एल्बम “लग्यो पछ्यौरी” र “हराएका ्गीतहरु–२” को बिमोचन पनि भएको थियो । दुई गीत एल्बमको विमोचन प्रेमध्वज प्रधान र प्रमुख अतिथि उप्रेतीले संयुक्त रुपमा गरेका थिए । सोही समारोहमा कवि सूर्य लाकोजूको १७औं कृति शाश्वत स्वरहरु मुक्तक संग्रहको विमोचन मुक्तककार यादव खरेल, बियोगी बुढाथोकी, मोहन दुवालले संयुक्त रुपमा गरेका थिए । बिमोचित कृतिहरुका बारेमा साहित्यकार रमेश पौडेल र राम सुन्दर देउजाले टिप्पणी गरेका थिए ।