काठमांडौ, कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरत शमशेर राणाको तेह्रौ पुण्य तिथिको अवसरमा शोकसभा गर्ने भएको छ।
कांग्रेसले राणाको निधनप्रति दुःख व्यक्त गर्दै यही साउन २७,२८ र २९ गते केन्द्रीय कार्यालय र सवै जिल्ला कार्यालयहरुमा आधा झण्डा झुकाउने निर्णय गरेको थियो।
त्यस्तै उनको निधनको १३ औँ पुण्य तिथिको अवसरमा भोलि भदौ ६ गते केन्द्रीय कार्यालय सानेपामा शोकसभा आयोजना गर्ने निर्णय गरेको थियो।
कांग्रेस नेता राणाको भारतको कोलकोतामा साउन २६ गते शनिबार ९० वर्षको उमेरमा निधन भएको थियो।
तत्कालिन गोर्खा परिषद्का संसदीय दलका नेता भरत शमशेर राणा २०१५ सालको आमनिर्वाचनमा धादिङबाट निर्वाचित भई नेपालको पहिलो संसदमा विपक्षीदलका नेता बनेका थिए।
उनी २०१७ सालमा राजा महेन्द्रले कू गरेपछि प्रजातन्त्रको पक्षमा बिपीलाई साथ दिँदै गोरखा परिषद्लाई निशर्त नेपाली कांग्रेसमा विलय गराई प्रजातान्त्रिक आन्दोलनका अगुवाका रूपमा अग्रसर भएका थिए।
प्रजातान्त्रिक आन्दोलनका एक योद्धाका रूपमा रहेका राणाको निधनले सिंगो देश र कांग्रेस पार्टीलाई स्तब्ध तुल्याएको र लोकतन्त्रप्रति उहाँको उच्च समान रहेको कांग्रेसले बताएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ