काठमाडौं, ९ भदौ । सभामुख कृष्णबहादुर महराले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्याब्सन काठमाडौंले आज (शनिबार) त्रिपुरेश्वरमा आयोजना गरेको एसईई उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । शिक्षा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने अवस्था रहेको चर्चा गर्नुहुँदै सभामुख महराले शिक्षा सम्बन्धी ऐन संशोधन गर्नुपर्नेतर्फ सबैलाई महसुस भएको बताउनुभयो । ‘सरकारी विद्यालय होस् या गैरसरकारी नै शिक्षा क्षेत्रमा व्यापक सुधार गर्न जरुरी छ’,
उहाँले भन्नुभयो, ‘शिक्षालाई राज्यको मौलिक हकका रुपमा परिभाषित गर्नुपर्ने माग उठ्न थालेको पनि धेरै भइसकेको छ ।’ एसईईमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिरहँदा आफूले ४० वर्षअघि आफूले एसएलसी दिदाका क्षणहरु सम्झिरहेको बताउनुभयो ।
‘मैले झण्डै ४० वर्षअघि एसएलसी उतीर्ण गरेको थिएँ, एसईईमा उतीर्ण तपाईंहरुलाई सम्मान गरिरहँदा मलाई त्यतिबेलाका क्षणहरुको याद आइरहेको छ ।’ शिक्षा क्षेत्रलाई आफूले नजिकबाट महसुस गरेको चर्चा गर्नुहुँदै सभामुख महराले आफूले १० वर्ष पढेकै स्कुलमा शिक्षकको रुपमा १२ वर्ष थुप्रै विद्यार्थीहरुलाई पढाएको बताउनुभयो । ‘मैले पढाएका विद्यार्थीहरुमध्ये अहिलेको उपराष्ट्रपति, ऊर्जामन्त्री, पूर्वसभामुख, प्रदेशमन्त्रीलगायत थुप्रै हुनुहुन्छ’
उहाँले भन्नुभयो, ‘केही त अर्कै पार्टी खोलेर त्यसको अध्यक्ष पनि भइसक्नुभएको छ । उहाँहरु स्कुलको विद्यार्थी मात्रै नभई राजनीतिक विद्यार्थी पनि हो ।’ सरकारले केही समयपछि शिक्षासम्बन्धी ऐन विधेयकका रुपमा संसदमा पेश गर्ने भन्दै सभामुख महराले शिक्षा क्षेत्रमा उठिरहेका विषयहरुमा सरोकारवालाको हैसियतले बहसमा भाग लिन आग्रह गर्नुभयो । ‘
विधेयकमा तपाईंहरुले उठाइरहेका सरोकारका विषयहरु पर्छन् कि पर्दैनन्, नपरे पनि त्यहाँ छलफलका लागि यहाँहरुलाई म मेरो ठाउँबाट सक्दो सहयोग गर्नेछु ।’
सो अवसरमा २०७४ को एसईई परीक्षामा ४ जीपीए ल्याउने काठमाडौंका १५ जना विद्यार्थीहरु, प्रदेश सभा सदस्य दीपक निरौला, विद्यालयहरु, विद्यालय कर्मचारी, शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ