सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

विराटनगरको मेयरमा रामचन्द्र गौतमको उम्मेदवारी    

प्रकाशित समय: आइतवार, ०५ : १८ बजे बैशाख ११ गते



विराटनगरको मेयरमा रामचन्द्र गौतमको उम्मेदवारी    

विराटनगर, ११ वैशाख ।मोरङ विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेस (बिपी)बाट रामचन्द्र गौतमले उम्मेदवारी दर्ता गर्ने भएका छन् । 

 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ । विराटनगर–३ का गौतमले सोमवार उम्मेदवार मनोनयन दर्ता गर्ने जानकारी दिए । उपमेयरसहित वडाका लागि आइतबार नै उम्मेदवारको नाम टुंग्याएर सोमबार दर्ता गर्ने तयारी गरेको नेता गौतमले बताए । 

 

राजनीतिक शास्त्रमा अध्ययन गरेका ६७ वर्षीय गौतम नेपाल प्रजातान्त्रिक महासंघ मोरङका अध्यक्षसमेत हुन् । उनी जिल्ला सहकारी संघ मोरङका सल्लाहकार र राष्ट्रिय सहकारी बैंक विराटनगरका सल्लाहकार समेत हुन् । 

 

विराटनगर महानगरपालिकाको विकास र समृद्धिमा आफ्नो जीवन समर्पित गरेको दाबी गर्ने गौतमले आधुनिकशैली महानगरको विकास गर्ने उद्घोषसहित उमेदवारी दिएको बताए । 

 

बिपी कोइरालाको विचार र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेकाल बीपीको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने गौतमले बताए ।