सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

कांग्रेसबाट पोखराको उपमेयरमा सुरेन्द्रमान विजुक्छे

प्रकाशित समय: सोमवार, ०१ : ०७ बजे बैशाख १२ गते



कांग्रेसबाट पोखराको उपमेयरमा सुरेन्द्रमान विजुक्छे

पोखरा, १२ वैशाख।पोखरा महानगरपालिकाको उपमेयरको टिकट सुरेन्द्रमान विजुक्छेले पाएका छन् । कांग्रेस महानगर सभापतिसमेत रहेका विजुक्छेलाई कांग्रेस केन्द्रीय समितिले टिकट दिएको हो । गठबन्धनका आधारमा पोखराको उपमेयर कांग्रेसले पाएको छ भने मेयर एकीकृत समाजवादीले पाएको छ ।

 

योसँगै पोखरामा सत्ता गठबन्धनले मेयर उपमेयर दुवै पुरुष उठाएको हो । मेयरमा समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले टिकट पाइसकेका छन् । प्रदेश कार्यसमितिको सिफारिसको आधारमा विजुक्छेलाई टिकट दिइएको हो ।