म्यानमार, १४ वैशाख।म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ ।७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो ।
यो सजायसँगै उनी ११ वर्ष कैदमा बस्नुपर्ने भएको छ । गत डिसेम्बरमा सुकीलाई कोभिड प्रतिबन्ध उल्लंघन गरेको मुद्दामा र जनवरीमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।सुनुवाइका क्रममा अदालतमा पत्रकारहरूलाई उपस्थित हुन प्रतिबन्ध लगाइएको थियो । त्यस्तै, सुकीका वकिलहरूलाई सञ्चारकर्मीसँग बोल्न पनि रोक लगाइएको थियो ।
गत वर्ष फेब्रुवरीमा सैन्य कुमार्फत सत्ताच्युत भएपछि सरकारले सुकीमाथि दर्जनौँ फौजदारी अभियोग लगाएको छ । उनीमाथिका अभियोग पुष्टि भएमा सुकी वर्षौँसम्म जेलमा बस्नुपर्नेछ ।आफूमाथिका सबै आरोपहरूको सुकीले अस्वीकार गरेकी छन् । त्यस्तै, अदालतको सुनुवाइ निष्पक्ष नभएको अधिकारकर्मीहरूको भनाई छ ।
अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छिन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ