सिन्धुपाल्चोक, १४ वैशाख।स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोबाट दुई हजार दुई सय १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अध्यक्ष/प्रमुखका लागि एक सय प्रतिस्पर्धामा होमिएका छन् भने उपप्रमुख उपाध्यक्षमा ६९ को मनोनयन परेको छ । एक सय तीन वडामा चार सय ९५ ले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
महिला सदस्यका लागि तीन सय ८७ जना, दलित महिला सदस्यका लागि तीन सय ४९ जना र खुला सदस्यका लागि आठ सय १८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।बलेफी गाउँपालिका अध्यक्षमा सबैभन्दा बढी १५ को उम्मेदवारी परेको छ भने जुगल र इन्द्रावती गाउँपालिका अध्यक्षमा सबैभन्दा कम पाँच पाँचले मनोनयन दर्ता गराएका छन् ।
सबै पदमा गरेर सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकामा तीन सय १६ को उम्मेदवारी परेको छ । यस्तै, इन्द्रावती गाउँपालिकामा दुई सय ५८ उम्मेदवारी परेको छ भने मेलम्ची नगरमा पनि दुई सय ५८ जनालेनै मनोनयन दर्ता गरेका छन् ।त्यसपछि क्रमशः बाह्रबिसे नगरपालिकामा एक सय ८७, त्रिपुरासुन्दरी गाउँपालिकामा एक सय ३८, पाचँपोखरी गाउँपालिकामा एक सय ४३, जुगल गाउँपालिकामा एक सय ४०, भोटेकोशी गाउँपालिकामा एक सय ४४, लिसङखुपाखर गाउँपालिकामा एक सय ७६, बलेफी गाउँपालिकामा एक सय ८५, सुनकोसी गाउँपालिकामा एक सय ४९ जना रहेका छन् ।
सबैभन्दा कम हेलम्बु गाउँपालिकामा एक सय २४ ले उम्मेदवारी दर्ता गराएका छन् । साथै, भोटेकोशी गाउँपालिकामा केही उम्मेदवारीले फिर्ता लिन सक्ने भएकोले यो संख्या भने केही घट्ने सम्भावना छ ।सबै तहमा गरेर २५ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये कांग्रेस, एमाले, माओवादी लगायत ६ राष्ट्रिय मान्यता प्राप्त दल रहेका छन् । मुख्य राजनीतिक प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादीसहित राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार उतारेको छ । माओवादीसँग गठबन्धन गरेको नयाँ राजनीतिक दल एकीकृत समाजवादीले समेत सबै तहमा प्रतिनिधित्व गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ