सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

खोटाङमा ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेदवारी 

प्रकाशित समय: बिहिवार, १२ : ३८ बजे बैशाख १५ गते



खोटाङमा ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेदवारी 

खोटाङ, १४ वैसाख ।खोटाङका १० स्थानीय तहको ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेद्‌वारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि एक हजार ३३० जनाको उम्मेदवारी दर्ता भएको हो । 

 

१० जना अध्यक्ष/प्रमुखका लागि ४६ जना र १० उपाध्यक्ष/उपप्रमुखका लागि ३६ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले बताए ।७९ वडाध्यक्षका लागि २९५ जनाको उम्मेद्वारी परेको छ । यस्तै, हरेक वडामा दुई जनाका दरले निर्वाचित हुने १५८ खुला सदस्यका लागि ४९७ जना, ७९ जना महिला वडा सदस्यका लागि २३४ र ७९ जना दलित महिला सदस्यका लागि २२२ जनाको मनोनयन दर्ता भएको छ ।