पोखरा, १५ वैशाख।सत्तारुढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।
‘समुन्नत पोखराको आधार : सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको छ । पोखरामा रोकिएको विकासलाई अघि बढाउन घोषणापत्र तयार गरिएको गठबन्धनले जनाएको छ ।पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका नेता धनराज आचार्य र उपमेयरमा कांग्रेस नेतृ कोपीला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।
सो कार्यक्रममा धनराज आचार्यले पोखरेलीलाई धनी बनाउने आधार र पूर्वाधार बनाउनेमा जोड दिए । वडाहरुमा पनि गठबन्धन हुन लागेको जानकारी दिँदै उनले केही वडामा टुंगिन बाँकी रहेको बताए । आपसी सल्लाहमै सबै विषय टुंग्याउने उनको भनाइ छ ।
सोही कार्यक्रममा कोपीला रानाभाटले गठबन्धनबाट उम्मेदवारी दिएका सबै निष्कलंक रहेका दाबी गरिन् । गठबन्धन समयको माग रहेको र ओली प्रवृत्तिको विरोधका लागि पनि रहेको भन्दै उनले गठबन्धनका उम्मेदवार निर्वाचित हुने दाबी पनि गरिन् । पाँच दलीय गठबन्धन स्थानीय तह निर्वाचनसम्मका लागि मात्र नभएर संसदीय चुनावसम्म सँगै जानुपर्ने उनको भनाइ छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ