सिन्धुपाल्चोक। नेपाल शिक्षक महासङ्घको आयोजनामा चौतारामा लाल्टिन जुलुस निकालिएको छ।
चौतारा बहुमुखी क्याम्पसबाट सुरु भएको जुलुस टुँडिखेल चोकमा आएर सभामा परिणत भएको थियो।
संवैधानिक शिक्षा आयोग गठन गर्नुपर्ने, समय सापेक्ष तलब वृद्धि गर्नुपर्ने, १० वर्ष नियमित सेवा प्रदानगर्ने शिक्षक बढुवाको व्यवस्था गरिनुपर्ने, शिक्षक अस्पतालको निर्माण गर्नुपर्ने, महिला शिक्षकलाई ६ महिना प्रसूति बिधार्थी सट्टा शिक्षकको व्यवस्थापन गर्नुपर्ने, लगायतको २६ सुत्रीय माग राखि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्।
कोणसभालाई सम्बोधन गर्दै नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष ध्रुवराज गिरीले सरकारले ल्याउन लागेको नयाँ शिक्षा ऐन समग्र शिक्षा र शिक्षक विरोधी भएको बताउनुभयो।
पछिल्लो चरणमा शैक्षिक क्षेत्र माथि अनावश्यक हस्तक्षेप बढेको उहाँको आरोप थियो।
कोणसभालाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, नेपाल शिक्षक सङ्घका अध्यक्ष तुलसीप्रसाद दंगाल र एकीकृत शिक्षक संगठनका अध्यक्ष निल प्रसाद सुवेदीले सम्बोधन गर्नुभएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ