प्रभु जिरेल चरिकोट, ११ भाद्र, दोलखा जिल्लामा नयाँ प्रहरी प्रमुख आए संगै गैर कानुनी कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको बिषेश टोलीले सोमबार भिमेश्वर नगरपालिका वडा न ७ भुलभुलेबाट एक जनालाई दुर्लभ बन्यजन्तु सालकको सपेटा सहित पक्राउ गरेको छ । भिमेश्वर नगरपालिका वडा न ६ निवासी ५३ बर्षिय होम बहादुर थापालाई पक्राउ गरेको हो ।
२७ इन्च लम्वाई ९ इन्च चौडाई भएको करिव ३८० ग्रामको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित थापालाई भिनपा ७ बाट पक्राउ गरिएको हो ।
आज विहान करिव ९ बजेको समयमा भिनपा ७ भुलभुलेबाट सालकको खपेटा विक्री वितरणको लागि लैजादै गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको टोलीले थापालाई पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो ।
आफ्नै घर अगाडी सालक आएको र लठ्ठीले हानेर सालको शिकार गरेको थापाले बताएका छन् । थापालाई थप अनुसन्धान गरि डिभिजन वन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।
प्रहरीले केही दिन अघि मात्र दोलखाको मैनापोखरीबाट ३ जनालाई चितुवाको छाला सहित पक्राउ गरेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ