पोखरा, १७ वैशाख।पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिईएको छ । कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।
उनलाई उम्मेद्वारी फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेद्वारी दिएका थिए । नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले भने शुक्रबार नै उम्मेद्वारी फिर्ता लिएका छन् ।
यस्तै, अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेरी उम्मेद्वारहरुलाई लौरो चिन्ह दिईएको छ । मेयरदेखि वडाध्यक्षसम्मका उम्मेद्वारले अव लौरोबाट भोट माग्न पाउनेछन् । पोखरामा मेयरका लागि २३ र उपमेयरमा ८ जनाको प्रतिस्प्रर्धा छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ