सुर्खेत, २१ वैशाख।स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्टलाई नेपाली कांग्रेसबाट निष्काशित गरिएको छ । विष्टले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा स्वतन्त्र उपप्रमुखको उम्मेदवारी दिएका थिए ।
पार्टीको नीति, विधिविपरीत गतिविधि गरेको भन्दै पार्टीका जिल्ला कार्यसमितिको निवर्तमान सदस्य विष्टलाई कारबाही गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका उपसभापति सन्तोष केसीले बताए ।
पार्टीका आधिकारी उम्मेदवारविरुद्ध विष्टले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको र उनीसँगै उनलाई समर्थन गर्ने प्रस्तावक चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई पनि पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ