डडेल्धुरा, २६ बैशाख।डडेल्धुरामा विमानस्थल निर्माण कार्यका लागि बजेट सुनिश्चित भएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा बन्ने विमानस्थल निर्माणको लागि आगामी आर्थिक वर्षको बजेट सुनिश्चित भएको हो। वातावरणीय प्रभाव मुल्यांकनसँगै विमालस्थल निर्माणका लागि पाँच करोड बजेट सुनिश्चित भइसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।
विमालस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बजेटको व्यवस्थापन गरिएको उनले बताए। डडेल्धुरामा निर्माण हुने विमानस्थलका लागि मन्त्रालयले बजेटको सुनिश्चितता गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले जानकारी दिए।
विमालस्थल निर्माणका लागि २०७२ सालमा प्रारम्भिक सर्वेक्षण सुरु गरी थालनी गरिएकोमा गत कात्तिकमा सर्भे सुरु भएको थियो। २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पठाएको टोलीले पुइलेकमा विमालस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो।
२०७० सालबाट डडेल्धुरामा विमालस्थल निर्माणका लागि विभिन्न प्रयास भएका थिए। वातावरणीय प्रभाव मुल्यांकनसँगै पाँच करोड बजेट सुनिश्चित भइसकेकोले अब छिट्टै डडेल्धुरामा विमानस्थल बन्ने विमानस्थल निर्माणका अभियान्ता डा. तारा जोशीको भनाइ छ।
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा विमानस्थल नभएको एक मात्र जिल्ला हो। यहाँका सातवटै पहाडी र दुईवटा तराईका जिल्लामा विमानस्थल रहेको छ। तर, पूरै सुदूरपश्चिम जोड्ने एक मात्र जिल्ला डडेल्धुरामा भने विमानस्थल बन्न सकेको छैन ।डडेल्धुरामा विमानस्थल बने यहाँका नागरिकको आय स्तरमा समेत बृद्धि हुने डा. जोशीको भनाइ छ। धनगढी नेपालगञ्जमा हुस्सुलगायतका कारणले उडान बन्द भए यहाँबाट उडान भर्न सकिने उनी बताउँछन्।
गत कात्तिकमा डडेल्धुरा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिए जति आफ्नो मन्त्रालयबाट त्यसको व्यवस्थान गर्ने प्रतिबद्धता व्यक्त गरका थिए।
पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँ सम्म पुग्ने कालोपत्रे बाटोको समेत रहेको छ। पुइलेकदेखि वयलडाँडा सम्मको १६ सय मिटर जग्गामा विस्तृत सम्भाव्यता अध्ययनसंगै वातावरणिय प्रभाव मूल्यांकन सहितको थप काम अगाडि बढेको हो।
के के भयो विमानस्थल निर्माणका लागि ?
ईन्जिनियर मुकुन्द भण्डारीको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरणको पहिलो टोली डडेल्धुरा आएको थियो। अमरगढी ३ र भागेश्वर ४ को सिमाना जोडिएको विरादे, अमरगढी १ को दहव्यारेक, नवदुर्गा ३ को डाडावन र अजयमेरु १ को पुईलेकमा प्रारम्भीक सर्वेक्षण गरिएको थियो।
पहिलो पटक आएको टोलीले २०७२ मा प्रारम्भिक अध्ययन गरी अजयमेरुको पुईलेकमा सम्भाव्य स्थानका रुपमा सिफारिस गर्याे । त्यसपछि सम्भाव्यता अध्ययन गर्न कन्सल्टेन्सीलाई जिम्मा लगाईयो र कन्सल्टेन्सीले डीपीआर निर्माण गर्याे । वातावरणीय प्रभाव मुल्यांकनका लागि प्रक्रिया अगाडि बढाउन सिफारि गर्याे।
अहिले वातावरणीय प्रभाव मूल्यांकनसँगै विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता भएको विमान स्थल निर्माणका अभियन्ता डा. तारा जोशीले बताएका छन्। विमानस्थलको निर्माण छिटोमा तीन वर्ष र ढिलोमा पाँच वर्ष लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ