एजेन्सी /कोलम्बो । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।
सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन् ।
सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन आदेश दिएको छ । राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दशौं हजार सेना, नौसेना र वायु सेनाका कर्मचारीहरू तैनाथ छन् ।
सुरक्षाकर्मीको परिचालनका बाबजुद मंगलबार दिउँसो एउटा भीडले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई सुरक्षा नदिएको आरोप लगाउँदै शहरका एक शीर्ष प्रहरी अधिकारीलाई आक्रमण गरेको थियो । कोलम्बोको गाले फेस ग्रीनमा पनि भीडहरू जम्मा भएका थिए ।
सोमबारदेखि भएको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ । झडपमा दुई सयभन्दा बढी घाइते भएका राजधानीको मुख्य अस्पतालले जनाएको छ । केही सरकार समर्थक भीडले गरेको हमलबाट घाइते भएका छन् भने कोही भीडमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्दा घाइते भएका छन् ।
प्रधानमन्त्रीका समर्थकविरुद्ध मुद्दा दायर गरिएको प्रदर्शनकारीहरूको पक्षमा काम गरिरहेका वकिलहरूले बताएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ