गलकोट, २९ वैशाख ।बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्न मतगणनास्थलको तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरी मतगणनास्थल निर्माण गरिएको जनाएका छन् ।
भोलि हुने स्थानीय तहको निर्वाचनको मतदानपछि पाकिलाले मतगणना गर्न स्थलको तयारी पूरा गरेको बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतगणनास्थल तारबारसहित सुरक्षितसमेत बनाइएको छ ।
बागलुङको चार नगरपालिका र छ गाउँपालिकामध्ये बागलुङ नगरको मतगणना जिल्ला समन्वय समितिको सभाहल, जैमिनी नगरले १ नं वडास्थित सभाहल, गलकोट नगरको पुरानो गलकोट माध्यामिक विद्यालयको भवन, ढोपाटन नगरले बुर्तिबाङस्थित उत्तरगङ्गा माविको भवनमा तयारी गरिएको हो । यस्तै तमानखोला गाउँपालिकाको आफ्नै सभाहलमा, निसीखोला गाउँपालिकाको सभाहलमै तथा बडिगाड, ताराखोला, काठेखोला र बरेङ गाउँपालिकाले मतगणनास्थल तयारी गरिसकेको जनाएका छन् ।
मतगणनास्थलमा मतपत्र च्यात्ने, भीडभाड हुने लगायतका घटना नहोस भन्ने उद्देश्इले सिसी क्यामेरा र तारबारसहित सुरक्षित गरएको स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ