वैशाख ३१ अछाम।अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र अर्काेमा कांग्रेस विजयी भएकाे छ ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको प्यानल विजयी भएकाे छ भने कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन् । साउदले ५ सय १९ मत पाएका छन् ।
सो वडामा माओवादीकै नरराज खनाल, लाली भण्डारी, डम्बरा साउद र जमुना विक सदस्यमा विजयी भएका छन् । यो वडाबाट गाउँपालिका अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रलाई ५ सय १० र उपाध्यक्षलाई ४ सय ५९ मत प्राप्त भएको छ ।
यसैगरी कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन् । उनले ४ सय ५२ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ३ सय ४६ मत ल्याएर पराजित भए ।
अछाममा मतगणना भइरहेका दुई गाउँपालिका र एक नगरपालिकामध्ये कमलबजार नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिमा कांग्रेसले अग्रता लिएको छ भने रामारोशन गाउँपालिकामा माओवादीको अग्रता छ । जिल्लाको मंगलसेन नगरपालिका, ढकारी गाउँपालिकालगायतका केहि स्थानीय तहमा पनि मतगणनाको तयारी भइरहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ