सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

कांग्रेसले जित्यो गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर

प्रकाशित समय: शनिवार, १० : २३ बजे बैशाख ३१ गते



कांग्रेसले जित्यो गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर

काठमाडौं, ३१ वैशाख।नेपाली कांग्रेसले गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर जितेको छ।

 

मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवरले जितेकी छन्।मेयरमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपमेयर कुँवरले ८ हजार छ सय १९ मत ल्याएकी छन्।नेकपा एमालेबाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डेले सात हजार तीन सय २० मत ल्याएका छन्। एमालेकी उपमेयर उम्मेदवार रिता पाण्डेयले ७ हजार २ सय ३१ मत ल्याएकी छन्।

 

मेयरमा निर्वाचित पन्थी कांग्रेस गुल्मी सभापति पनि हुन्।