दाङ, २ जेठ।सल्यानको सिद्ध कुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादीका साझा उम्मेदवारलाई ३७५ मतले पराजित गर्दै कांग्रेसका भरत गिरी निर्वाचित भएका हुन् ।गिरीले २१७३ मत ल्याएर निर्वाचित हुँदा गठबन्धन एकीकृत समाजवादीका चित्र बहादुर चलाउनेले १७९८ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रका राम बहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेत २ हजार ३५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पूर्णिमा चलाउनेले १९६३ मत ल्याएकी छन् ।
५ वडा रहेको गाउँपालिकामा वडा न १ र २ माओवादी केन्द्र निर्वाचित भएको छ भने वडा न ३,४ र ५ मा नेपाली कांग्रेस निर्वाचित भएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ