हुम्ला, ३ जेठ।सिमकोट गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसकाे उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसकी माहासमिति सदस्या सुशिला रोकाया निर्वाचित भएको मुख्य निर्वाचिन अधिकृत जगतबहादुुर पौडेलले बताए ।
भण्डारीले दुई जहार आठ सय ८२ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी एमालेका महेन्द्रबहादुर शाही ले एक हजार नाै सय ६९ मत ल्याएका छन् । भण्डारीले नौ सय १३ मतान्तरालले शाहीमाथि विजय हासिल गरेका हुन् ।यस्तै, पालिका उपाध्यक्षमा कांग्रेसका सुशिला रोकायाले २४ सय ७४ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिद्धन्द्धी प्रतिमा लामाले १४ सय ५७ मत ल्याएकी छिन्र ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ