सिरहा, ८ जेठ।सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो ।
सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर करिब १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए ।उनका अनुसार राति करिव १२ बजेसम्म गीत बजिरहेको थियो, । विहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने आशंका गरिएको उनले बताए।घरको छुट्टाछुट्टै कोठामा बुबा र छोरा सुतेका थिए । उनीहरूको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा फेला परेका हुन् ।बुवा एक्लै सुतेको र सन्तकुमारसँग गाउँकै १०/१२ वर्षको एक जना बालक सुतेका थिए । उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई जानकारी गराएका थिए ।
घटनाको जानकारी पाएलगतै करिब बिहान ४ बजे नै घटनास्थल पुगेको प्रहरीले घटनास्थल शील गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने जानकारी दिए । ‘घटना भएको छ ।
हामीले विभिन्न ढंगले अनुसन्धान गरिरहेका छौँ । तत्काल घटनाकाबारेमा केही बताउन सकिँदैन,’ उनले भने । प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ