सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

प्रकाशित समय: सोमवार, ०१ : ३२ बजे जेठ ९ गते



जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

मुगु ,९ जेठ।जिल्ला समन्वय समिति गठनका लागि मुगुमा कांग्रेसको एकल बहुमत आएको छ । जिल्लामा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुखसहित पाँच प्रमुख उपप्रमुख जितेसँगै अब गठन हुने जिल्ला समन्वय समितिका लागि मतदान गर्न बहुमत पुगेको हो ।

 

स्थानीय तह प्रमुख र उपप्रमुखको मतदानबाट गठन हुने जिल्ला समन्वय समितिका लागि मुगुका चार स्थानीय तहहरूबाट चार प्रमुख र चार उपप्रमुखले मतदान गर्न पाउँछन् । कांग्रेसले छायाँनाथ रारा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा उपाध्यक्ष र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अध्यक्ष जित हासिल गरेको छ ।

 

अन्य दलहरूमा माओवादी केन्द्रले खत्याड गाउँपालिका अध्यक्ष,नेकपा समाजवादीले सोरु गाउँपालिका अध्यक्ष र एमालेले मुगुम कार्मारोङ्ग गाउँपालिकामा उपाध्यक्ष जितेको छ । अन्य दलहरूका एक एक मतदाता हुँदै गर्दा कांग्रेसका एक्लै पाँच मतदाता भएका जिससमा कांग्रेसको एक्लै बहुमत आउने देखिएको हो । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यका लागि उम्मेदवार हुन पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले पाउँछन् भने मतदान गर्न पालिका प्रमुख र उपप्रमुखले मात्र पाउने कानुनी व्यवस्था छ ।