मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित जंगलमा बस्दै आएका देशकै लोपोम्मुख बनकरियाजाती शनिबार तिजको दर खुवाइएको छ । हेटौंडाको रेडियो सरोवर ९२.५ मेगाहर्जले बनकरिया बस्तीमा पुगेर २५ घरधुरीका करिव १०० जना बनकरियालाई दर खुवाएको हो ।
पछिल्लो समय १ महिना अघिदेखि नै शहर(बजारमा गहना प्रदर्शन गर्दै भड्किलो तिज कार्यक्रम गर्ने चलन बढेकाले त्यसको निरुत्साहित गर्दै अहिलेको नया पुस्तालाई दर भनेको देखाउनका लागि नभई आफु संग जे जस्तो छ । त्यहि हासी(खुसी साथ् एकैठाउँमा रमाइलो गर्दै मनाउने परम्परा हो भन्ने चेतना दिनकालागि कार्यक्रम गरेको एफएमका स्टेसन म्यानेजर राजु लामिछानेले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव खड्का आफ्नो वडाका बनकरियालाई एकै ठाउमा भेला भएर दर खादै रमाइलो गरेको पहिलोपटक भएको बताउनुभयो । पछिल्लो समय भड्किलो बन्दै गएको तिज पर्व रेडियो सरोबरले बन्करियालाई दर खुवाउदै तीजका गीतमा नचाउनु निकै उदाहरणीय काम भएको खड्काले बताउनुभयो ।
साथै आफ्नो वडामा देशकै लोपोन्मुख जातिको बस्ती रहेकाले यसलाई पर्यटक को आकर्षणको केन्द्र बनाउने पनि बताउनुभयो बनकरिया को हो ?, पुर्खा के हो ? खानपिन कस्तो हुन्थ्यो ? आदी विविध कुराहरुबारे सबैलाई थाहादिन वडामा म्युजिएम बनाउने, बनकरिया बस्तीमा आएका पाउनालाई यहिको रहनसहनमा बस्नाकालागी होमस्टेको व्यवस्था गर्ने, पिकनिक स्पोट बनाउने लगाएतका कार्यकालागी आफु लागिपरेको पनि अध्यक्ष खड्काले बताउनुभयो । बनकरिया बस्तीकी प्रमुख सन्तमाया बन्करियाले आफ्नो बस्तीमा आएर दर खुवाउदै रमाइलो गरिदिएकोमा आफुहरु निकै खुसि भएको बताउनुभयो । 
आफुहरुले यो भन्दा अगाडी सबैजना संगै बसेर दर खादै कहिल्यै तिज नमनाएको र यसबर्षको तिज बन्करियाले सधै सम्झिने भन्दै खुसी व्यक्त गर्नुभयो । साथै कार्यक्रममा सन्तमायाले आफुहरुलाई सरकारले यस बस्तीबाट हटाउन नसक्नेपनि दाबी गर्नुभयो । ’मुख्य मन्त्री आएर हामीलाई अन्तै लान्छौ भन्नुभयो, तर हामि जादैनौं, यदि जानैपर्छ भने सबैले फेरी जंगल भाग्ने भनेका छन्’, सन्तमायाले भन्नुभयो ।
आफुहरुलाई राज्यले १०(१० कट्ठा जमिन आफ्नो नाममा गरेर दिन्छ भने घर आफै बनाएर सरकारले भनेकै ठाउमा गैर बस्न तयार रहेको बनकरियाको भनाइ छ । मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव खड्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यद्धय गोमा गौतम र सृजना सुनार, पत्रकार महासंघका पूर्व अध्यक्ष भानुभक्त आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, पशुपति प्राथमिक विद्यालयका अध्यक्ष माधव गौतम, पत्रकारहरु रोशन पराजुली, श्रीराम अर्जुन, अशोक सुजन श्रेष्ठ तथा वनकरिया समुदाएको उपस्थिति रहेको थियो ।
नेपालकै लोपन्मुख जातीको रुपमा रहेका ’वनकरिया’ मनहरीको ४ स्थित जंगलमा २५ घरघुरीमा रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ