सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

ललितपुरका विभिन्न स्थानबाट चोरी गर्ने गिरोह पक्राउ

प्रकाशित समय: सोमवार, ०९ : ३० बजे आश्विन १ गते



ललितपुरका विभिन्न स्थानबाट चोरी गर्ने गिरोह पक्राउ

ललितपुर, ललितपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी गर्ने गिरोहलाई बिहान ३:०० बजे चोरी गर्न प्रयोग गरिएको गाडीसहित पक्राउ गरेको छ।

 

चोरीमा संलग्न गिरोहले गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पी स्थित प्रलाद विष्टको घरको झ्याल फोरी चोरी गर्दैगर्दा विष्टले थाहा पाए र उनले तत्कालै प्रहरीलाई खबर गरेपछि प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा ललितपुरस्थित वाइ वाइ मोडबाट चोरी गर्न प्रयोग गरिएको बा.१५ च ६०८१ नम्बरको पिकअप गाडीसहित चारजनालाई पक्राउ गरिएको परिसरका प्रहरी प्रवक्ता नरेन्द्र चन्दले बताए।

 

चोरीमा संलग्न गिरोह विभिन्न मितिमा ललितपुरका विभिन्न स्थानबाट पसल, सहकारी, बैंकबाट धनमाल चोरी र डकैतीमा संलग्न रहेको प्रवक्ता चन्दले बताए।

 

पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोवर गा.पा.वडा नं.५ कोदोखोरिया फाखेल बस्ने वर्ष २६ को सोमलाल स्याङ्गतान, वर्ष २३ को सोमलाल थिङ्ग (चालक), वर्ष १९ को अमृत भन्ने राजु लामा र वर्ष २३ को कुमार लामा रहेका छन् ।

 

निजहरूबाट बा १५ च ६०८१ नं काे DI पिकअप गाडी, मोवाईल सेट थान ५, स्क्याप/माक्सहरु, CAP टोपी समेत, सुनको जस्तो देखिने मुन्द्रा थान १, चोरी गर्न प्रयोग हुने औजारहरु (फलामे रडहरु, मार्तोलहरु, हतौडा समेत, विभिन्न दरका नगद रु.९,२३८।–,क्यामेरा थान १ (एक), गंगाराज थापाको नाम लेखिएको चेक थान १, विभिन्न मानिसहरुको नामको विल रसिदहरु थान २ सामानहरु वरामद गरिएकाे प्रवक्ता चन्दले बताए।

 

निजहरुको अन्य घटनामा समेत संलग्नता रहेको हुनसक्ने आशंकामा थप अनुसन्धान कार्य भईरहेको चन्दले बताए।