सुर्खेत, १८ जेठ।यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीकाे लेक लागेर मृत्यु भएको छ । मुगुकाे कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो ।
मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या भएर सिंहलाई अन्य प्रहरीले उद्धार गरी सीमा प्रहरी चौकी मुगु ल्याएका थिए । बुधबार बिहान हेलिकाेप्टरमार्फत उद्धार गरि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइएकोमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
सहायक प्रहरी हवल्दार सिंहको घर बाँके कोहलपुर नगरपालिका–११ हाे । उनी ०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई ०७७ सालदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ