रुपन्देही, २२ जेठ।रुपन्देहीको रोहिणी गाँउपालिका–३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बुटवल–६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का अन्दाजी ५६ बर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० बर्षीय दिनेश दास, बुटवल–११ कालिकानगरका अन्दाजी ४१ बर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाँउपालिका–४ का अन्दाजी ६५ बर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल–६ का ५० वर्षीय नागेन्द्र शर्मा रहेका छन् ।
दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् ।जनकपुरबाट भैरहवातर्फ आउदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भएर रोहिणी पुलबाट तल खसेको थियो ।
दुर्घटनामा चालक सहित घाइते भएका सबैलाई उपचारको लागी भैरहवा स्थित युनिभर्शल कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएकोमा उपचारकै क्रममा ९ जनाको मृत्यु भएको थियो । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ