एजेन्सी/ नयाँ दिल्ली । चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धबिच्छेदका लागि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन् ।
श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै चाउचाउ बनउथिन् । श्रीमतीलाई चाउचाउबाहेक अरु केही पकाउन नजान्दा श्रीमान निराश भएका थिए । त्यसपछि आपसी सहमतिमा दम्पत्ति अलग भएका थिए ।
पछिल्लो समयमा अस्वभाविक कारण जस्तैः तरकारीमा पर्याप्त नुन नहाल्ने, विवाहमा उपर्युक्त लुगा नलगाउनु, पत्नीलाई बाहिर नलैजानु आदि विषयलाई लिएर अदालतमा उजुरी बढेका पाइन्छन् । कतिपय घटना त विवाह समारोह सकिए लगत्तै हुने गर्छन् । ‘पछिल्ला समायमा सम्बन्ध बिच्छेद नाटकीय रूपमा बढेको छ’, न्यायाधीश एम एल रघुनाथले भने । भारतको १९५४ को विशेष विवाह कानुनअनुसार सहमतिबाट सम्बन्ध विच्छेद गर्नुअघि एक वर्षसम्म छुट्टिएर बस्नु पर्छ ।
‘दम्पतीले सम्बन्धविच्छेद गर्नुअघि कम्तिमा एक वर्ष सँगै बस्नुपर्ने हुन्छ । त्यस्तो कानून नभएको भए विवाह हलबाटै सम्बन्ध विच्छेदको निवेदन पर्दथ्यो ।’, उनको भनाई उद्धृत गर्दै द न्यु इन्डियन एक्सप्रेसले जनाएको छ ।
मुद्दा चलेको समयावधि र सो घटनामा संलग्न दम्पत्तिको नाम उल्लेख गरिएको छैन् । उनका अनुसार ग्रामिणभन्दा सहरी क्षेत्रमा सम्बन्धबिच्छेद दर बढ्दो छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ