सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

प्रकाशित समय: बिहिवार, ०५ : ४२ बजे जेठ २६ गते



सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

राजविराज, २६ जेठ।वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा बिहीबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईवस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव छन् । 

 

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बरसाइनका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी खटाइएको छ ।