मुगु, २९ जेठ।जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । प्रमुख पदमा कांग्रेसका मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका हुन् ।
सदस्य पदमा कांग्रेसका झमुरा रावल, दानबहादुर रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव विक निर्विरोध भएका छन् । सदस्यमै माओवादी केन्द्रबाट कर्णप्रसाद माठागाई र एकीकृत समाजवादीबाट दानबहादुर रावल चयन भएको मुख्य निर्वाचन अधिकृतक पुण्यप्रसाद सापकोटाले बताए ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी जिसस मुगुमा उम्मेदवारी दिएका थिए । तीनदलीय गठबन्धन जोगाउन कांग्रेसको भागमा प्रमुख, उपप्रमुखसहित पाँच जना सदस्य र माओवादी र समाववादीलाई एक-एक सदस्य भाग परेको कांग्रेस सभापति ऐनबहादुर शाहीले जानकारी दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ