काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वली पक्राउ परेकी छिन् । विवाहित प्रेमीको घरमा पुगेकी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मंगलबार बिहान प्रेमी एकराज बस्नेतको तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डीमा रहेको घरमा पुगेकी राज्यमन्त्री वलीले श्रीमती र छोरीलाई दुर्व्यहार गरेपछि स्थानीयले घेरा हालेका थिए । बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनालगत्तै खबर पाएको प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको हो । दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले राज्यमन्त्रीलाई रेस्क्यू गरेको दाबी गरे ।
‘आज बिहान उहाँ (राज्यमन्त्री) जानु भएको रहेछ । त्यसपछि सामान्य विवाद भयो । वरिपरिका मान्छेहरुले घेरेपछि हामीले रेस्क्यू गरेर ल्याएका हौं । अहिले उहाँ हामीसँगै हुनुहुन्छ,’ उनले भने । उनी अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ