सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

जिल्ला समन्वय समिति सप्तरीको सभापतिमा कांग्रेसका साह निर्वाचित

प्रकाशित समय: आइतवार, ०६ : २९ बजे असार १२ गते



जिल्ला समन्वय समिति सप्तरीको सभापतिमा कांग्रेसका साह निर्वाचित

सप्तरी, १२ असार।जिल्ला समन्वय समिति सप्तरी सभापतिमा नेपाली कांग्रेसका शिवनारायण साहको प्यानल विजयी भएको छ ।

 

संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवनारायण साह जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार रहेका छेदी अरगरिया यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

 

साह ३६ मा २३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा संयुक्त गठबन्धनबाटै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार शम्भु कुमार यादव विजयी भएका छन् ।