ललितपुर, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले ललितपुरका निवर्तमान अध्यक्ष पुष्कर नेपाललाई युनियनको केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
नेपाललाई निजामती कर्मचारी युनियनको विधान २०५९ को पाँचौं संशोधन २०७७ को दफा २९ को उपदफा १ बमोजिम केन्द्रीय कार्य समितिको केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको हो। नेपाल २०५५ सालमा सरकारी सेवामा प्रवेश गरि २०५७ सालमा कर्मचारी युनियन काठमाडौँ शाखामा आवद्ध भएका थिए।
उनले ललितपुर जिल्लामा एक कार्यकाल जिल्ला सदस्य, एक कार्यकाल कोषाध्यक्ष, सचिव हुँदै तीन कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
युनियनको विभिन्न पदमा रहेर १८ वर्षदेखि निरन्तर संगठन संचालन तथा विस्तार एवं संगठन सुदृढीकरणमा संलग्न भएका नेपाल कर्मचारी युनियनको अब्बल नेताका रुपमा मानिन्छन्।
उनी नेपाल ट्रेड युनियन कंग्रेस सँग आवद्ध नेपाल पशुस्वास्थ्य चिकित्सक सँग उपाध्यक्ष समेत हुन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ