सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

बलेफी गाउँपालिका बजार क्षेत्रमा सरसफाई अभियान शुरू, वडा अध्यक्ष चरी बहादुर तामाङको नेतृत्वमा

प्रकाशित समय: शनिवार, ०७ : ०२ बजे आश्विन २० गते



बलेफी गाउँपालिका बजार क्षेत्रमा सरसफाई अभियान शुरू, वडा अध्यक्ष चरी बहादुर तामाङको नेतृत्वमा

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका वडा नम्बर ८ ले बलेफी बजार क्षेत्र सरसफाई अभियान सुरु गरेको छ।

 

वडा नम्बर ८ का वडा अध्यक्ष चरी बहादुर तामाङको नेतृत्वमा जुरे देखि अधेरी बजारसम्मका फोहोर सरसफाई गरेको हो। बजार क्षेत्रमा रहेका कुहिने र नकुहिने फोहोरलाई फरक-फरक डम्पिङ गरी व्यवस्थापन गरिएको वडा अध्यक्ष तामाङले बताए।

 

नकुहिने फोहोरले प्रदुषण बढाउने र कुहिने फोहोरले विभिन्न सरुवा रोग लाग्न सक्ने भएकाले घर पसल र होटलबाट निस्कने फोहोर आफैले व्यवस्थापन गर्न अध्यक्ष तामाङले वडाबासीलाई अपिल गरे।

 

बजारका व्यवसायी, बजार व्यवस्थापन समिति, लामोसाँघु बचत तथा ऋण सहकारी संस्था, वडा कार्यालयका कर्मचारी, जाइका नेपाल, वनसाँघु माध्यमिक विद्यालयका शिक्षक-शिक्षिका लामोसाँघु चर्चका भोलेन्टियरले सामूहिक रुपमा बजार सरसफाई गरेका थिए।

 

सरसफाई अभियानमा प्रदेश सांसद सरेश नेपाल लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल, सशस्त्र प्रहरी उपरीक्षक नारायण श्रेष्ठ र क्याप्टेन अनिल रोकायको पनि उपस्थिति रहेको थियो।

 

गाउँपालिका भित्रै रहेको मुख्य बजार खाडीचौरमा दसैंको किनमेल लागि मान्छेको भीडसँगै फोहोर बढ्न थालेपछि बजारलाई सफा र सुन्दर राख्नका लागि सरसफाई अभियान सुरु गरेको वडाले जनाएको छ।