पोखरा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ । आगामी साउन ६ र ७ गते हेटौडामा हुने महाधिवेशनकालागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् ।यसैबीच गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष समेत रहेकी विन्दुले प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिताकालागि नेपाल प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी दिने बताइन् ।उम्मेदवारी घोषणा गर्दै विन्दुले भनिन्– ‘लोकतन्त्रको मूल्य मान्यताबाट बिचलित हुन नदिन सरोकारवाला निकायहरुलाई सही मार्गमा डोहोर्याउन खबरदारी गर्नसक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’
विगत दुई दशक भन्दा बढी समय रेडियो र टेलिभिजन पत्रकारितामा क्रियाशिल विन्दुले भनिन् – ‘लोकतन्त्रमा मात्र स्वतन्त्र र स्वच्छ पत्रकारिता सम्भव रहन्छ, नेपाल प्रेस युनियनलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको सम्मान एवं सुरक्षाका पक्षमा बलियो ढंगले लाग्ने सक्षम संस्था बनाउन युनियनकर्मी सबै साथीहरु एकजुट हुनुपर्छ ।अन्तरक्रिया कार्यक्रममा प्रेस युनियनकर्मीका साथै गण्डकी प्रदेशका मुख्यमन्त्री समेत सहभागी रहेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ