सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

प्रकाशित समय: सोमवार, ०४ : १२ बजे असार २७ गते



एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

धनगढी, २७ असार।सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ ।

 

सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् ।

 

प्रदेशसभा बैठक सुरु भएलगत्तै भसामुख थापाले प्रतिपक्षको अनुपस्थिति रहेको कारण देखाउँदै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका छन् ।