सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ९ बैशाख २०८३ / Wednesday, 22 April 2026

पहिलो पटक रोष्ट्रममा उभिए मन्त्री दीपक मनाङे

प्रकाशित समय: बुधवार, ०५ : ४८ बजे असार २९ गते



पहिलो पटक रोष्ट्रममा उभिए मन्त्री दीपक मनाङे

पोखरा, २९ असार।गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे पहिलोपटक प्रदेशसभाकाे राेष्ट्रममा उभिएर जवाफ दिएका छन् । मन्त्री र सरकारलाई गाली गरेर सधैँ चर्चामा आइरहने मनाङे पहिलो पटक आफ्नो मन्त्रालयलाई उठेको प्रश्नमाथि जवाफ दिन रोष्ट्रम पुगेका हुन् । तर, उनले रोष्ट्रममा पुगेर पनि सांसदहरूले उठाएको प्रश्न बाहिर सोध्न भनेका छन् ।

 

‘प्रश्नहरू सजिलो छ, तर मलाई प्रश्न गर्नेभन्दा अर्थमन्त्री र मुख्यमन्त्रीलाई सोध्नुपर्ने हो,’ आफ्नो जिल्लामा खेलकुदको बजेट नपरेको गुनासो सांसदहरूले राखेपछि जवाफ दिँदै उनले भने, ‘मैले पनि शिक्षा मन्त्रालयबाट २ शीर्षकमा २५ लाख पाएको छु । वन, कृषि मन्त्रालयबाट एक रुपैयाँ पनि पाएको छैन । उनीहरूसँग रिसाएर हुन्छ ? त्यही भएर मलाई यहाँ आउन पनि मन लाग्दैन । आयो कि ग्राउण्ड कि ग्राउण्ड भन्छ । मत माननीयहरूको नाम पनि बिर्सिन्छु । कसले प्रश्न गर्नुभएको थियो, बाहिर भनेको भए रिस उठ्ने कुरा हो ।’ किताब पाउनुभएको छ । त्यहाँ हेर्नुस् न । सबैमा बजेट परेको छ,’ उनी भन्छन्, ‘दुई सय पाँचवटा ग्राउण्ड मैले गत वर्ष बनाएको छु । त्यो हेर्न सक्नुहुन्छ । कसैले पैसा लगेर बनाएको छैन भने, तपाईंहरू सांसद हो, समात्नुस् ।’उनले आफ्नो मन्त्रालयमा अत्यधिक सचिव सरुवा हुने कारणले काम गर्न नसकेको गुनासो गरे । उनले जसले पनि खेल मैदान मागेर आफूलाई हैरान बनाएको बताए ।

 

‘अघि म ट्वाइलेट गएको त्यहाँ पनि चारजना आएर खेल मैदान हाल्देउ भन्छ । मैले खनेर बनाउने हो र ? मलाई त इरिटेड बनाए, पद नै दिउँ जस्तो लागिसक्यो,’ उनले भने, ‘सर्वसाधारणको पनि आवाज आएको छ । हामीले चाहेर पनि धेरै गर्न सक्दैनौं । कि ५७ करोड दिनुपर्छ, नत्र मन्त्रालय नराखे हुन्छ । यसको काम पनि छैन । जुन मन्त्रीले केही गर्न सक्दैन, मन्त्रीको बेइज्जत हुन्छ ।’

 

मनाङेले आफू भाषण गर्ने मान्छे नभएकोले भाडामा पाए भाषण गर्ने मान्छे राख्ने बताए । ‘तपाईंहरु जस्तो किन्तु परन्तु भनिनँ । म भाषण दिएर हिँड्ने मान्छे हैन, मेरो सट्टामा भाडामा कसैले भाषण गरिदिए, त्यसैलाई ल्याउथें । त्यसलाई १०–२० हजार दिन्थें,’ यसअघि कहिल्यै रोष्ट्रम नपुगेका उनले भने, ‘म जबरजस्ती आएर बोलिरहेको छु । ब्राजिलमा पनि यति धेरै ग्राउण्ड छैन होला । तै पनि पुगेन भन्छ ।