लमजुङ, ३१ असार।मनाङ र लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार मनाङलाई गण्डकी प्रदेशकै पहिलो र बिहीबार लमजुङलाई दोस्रो जिल्लाको रुपमा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।
बिहीबार सदरमुकाम बेसीसहरमा आयोजित एक कार्यक्रमका बीच लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप, सबै बालबालिकाले लगाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना भएको मान्ने गरिन्छ ।
तोकिएको मापदण्डअनुसार यस वर्ष लमजुङका एक हजार पाँच सय ८० जना खोप लगाउनुपर्ने सबै बालवालिकाले खोप लगाएकाले लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए । उनले भने, ‘लमजुङका आठवटै स्थानीय तहले पूर्ण खोप घोषणा गरेसँगै जिल्लालाई बिहीबार पूर्ण खोप सुनिश्चतता दिगोपना जिल्ला घोषणा गरिएको हो ।’
हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा रोगविरुद्धको खोप समावेश गरिएको छ । सोहीअनुसार जन्मेदेखि १५ महिनाभित्रका सबै बालबालिकाले यो खोप पूर्ण रूपमा लगाएको हुनुपर्दछ । लमजुङलाई २६ पुस ०७३ पूर्णखोप जिल्ला घोषणा गरिएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ